मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निजी विद्यालय सञ्चालकहरूले आन्दोलन चर्काउदै

2.6K
SHARES
निजी विद्यालय सञ्चालकहरूले आन्दोलन चर्काउदै

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरू आफ्नो हितविपरीत रहेको भन्दै विरोधमा उत्रिएका छन् ।

प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन, र एनएमएलगायतका संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका छन्। उनीहरूले विधेयकमा रहेका प्रावधानहरूले निजी विद्यालयको अस्तित्व र योगदानमाथि गम्भीर असर पार्ने दाबी गरेका छन् ।

आन्दोलनकारी निजी विद्यालय सञ्चालकहरूले अघि सारेका मागहरू यसप्रकार छन्‌ः

— कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयलाई ‘गैर–नाफामूलक’ बनाउने प्रावधान हटाउनुपर्ने ।

— “पूर्ण छात्रवृत्ति” भन्ने शब्दलाई खारेज गर्नुपर्ने ।

— पोसाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना तथा खाजाजस्ता सेवाहरूमा लगाइएको प्रतिबन्ध फिर्ता लिनुपर्ने ।

— छात्रवृत्ति वितरणको अधिकार विद्यालयलाई नै दिनुपर्ने ।

— विश्वविद्यालय तहमा सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र अवसर दिने विभेदकारी व्यवस्था खारेज गर्नुपर्ने ।

संयुक्त आन्दोलन समितिले तोकेको कार्यक्रमः

भदौ २४ गते (मंगलबार)ः बिहान र बेलुकी देशभरका निजी विद्यालय सञ्चालकहरूले सम्बन्धित क्षेत्रका संघीय सांसदहरूसँग भेटघाट गर्ने ।

भदौ २४ र २५ गतेः काठमाडौंको भृकुटीमण्डपमा बृहत् र्‍याली र खबरदारी सभा आयोजना गर्ने, जसमा देशभरबाट निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलहरूको सहभागिता रहने ।

संयुक्त आन्दोलन समितिको विज्ञप्ति पवित्रा लिम्बु (अध्यक्ष, एनएमए), बद्री दाहाल (अध्यक्ष, अपेन), युवराज शर्मा (कार्यवाहक अध्यक्ष, हिसान), सुवास न्यौपाने (अध्यक्ष, नेशनल प्याब्सन) र कृष्णप्रसाद अधिकारी (अध्यक्ष, प्याब्सन) द्वारा जारी गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ०४:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP