मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तुवाँलो हटाउन मौसममा सक्रियता बढ्दै, केही स्थानमा वर्षाको सम्भावना

1.1K
SHARES
तुवाँलो हटाउन मौसममा सक्रियता बढ्दै, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल विभिन्न मौसम प्रणालीहरूको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बादल लाग्ने तथा केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको अवस्था छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज पनि कोशी प्रदेशसहित अन्य पहाडी र हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी–हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने बताइएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

पछिल्ला केही दिनदेखि देशका धेरै स्थानमा तुवाँलोको समस्या देखिएको छ । उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली स्थिर रहँदा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको र तल्लो तहमा न्यून चापीय गतिविधि कमजोर रहेकाले पर्याप्त वर्षा हुन सकेको छैन । यस कारण वायुमण्डलको तल्लो तहमा प्रदूषण थुप्रिएर तुवाँलोको अवस्था सिर्जना भएको मौसमविद्ले बताएका छन् ।

यद्यपि बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि क्रमशः बढ्दै जाने संकेत देखिएको छ । देशका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेकोले हालको मौसमीय अवस्थाबाट विस्तारै सुधार आउने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २९, शुक्रबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP