मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकार सिंहदरबारबाट नभई सल्लाहकारको ‘हुकुम’मा चलेको सिंहको आरोप

728
SHARES
सरकार सिंहदरबारबाट नभई सल्लाहकारको ‘हुकुम’मा चलेको सिंहको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकार संविधान र संसदीय व्यवस्थाको मर्मअनुसार सञ्चालन हुन नसकेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरूको भूमिकामाथि प्रश्न उठाउँदै सरकारको निर्णय प्रक्रिया सल्लाहकारकेन्द्रित भएको दाबी गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने भए पनि अहिले सरकार सञ्चालनको जिम्मेवारी सल्लाहकारहरूको हातमा पुगेको जस्तो देखिएको बताए ।

उनले नेपालको प्रधानमन्त्रीय शासन व्यवस्था विस्तारै ‘सल्लाहकारको व्यवस्था’मा परिणत भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ । यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ, मैले बुझ्न सकेको छैन,’ उनले भने ।

सिंहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको गतिविधिप्रति पनि प्रश्न उठाए । उनले बेन भारतीय जासुसी संस्थाको निमन्त्रणामा दिल्ली गएको र त्यहाँको लिला प्यालेस होटलमा बसेको दाबी गर्दै यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।

‘एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन्,’ भन्दै सिंहले सरकार सञ्चालनको शैलीप्रति व्यंग्यसमेत गरे । उनले अहिलेको सरकार ‘देवानन्दको गाइड फिल्मजस्तै’ चलिरहेको टिप्पणी गर्दै एक जना सल्लाहकारकै कारण सरकार संकटमा पर्न सक्ने दाबी गरे ।

सरकारको प्रशासनिक तथा राजनीतिक केन्द्र सिंहदरबार हुनुपर्नेमा निर्णय प्रक्रिया अन्यत्रबाट प्रभावित भइरहेको उनको आरोप थियो । उनले सरकारको केन्द्र नै ज्वागलतिर सरेको भन्दै वर्तमान शासन शैलीलाई ‘हुकुमी शासन’को संज्ञा दिए ।

सिंहले प्रधानमन्त्रीका सल्लाहकारको शैक्षिक पृष्ठभूमिमाथि समेत टिप्पणी गर्दै सरकार सञ्चालनको संवैधानिक जिम्मेवारी र अधिकारबारे प्रश्न उठाए ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २५, बिहीबार १०:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP