मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जर्मनी समूह विजेता, आइभरी कोस्ट र इक्वेडर पनि नकआउटमा

663
SHARES
जर्मनी समूह विजेता, आइभरी कोस्ट र इक्वेडर पनि नकआउटमा

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ई’बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् ।

समूह चरणका सबै खेल सकिएसँगै जर्मनी समूह विजेता, आइभरी कोस्ट उपविजेता तथा इक्वेडर उत्कृष्ट तेस्रो टोलीका रूपमा अन्तिम ३२ (राउन्ड अफ ३२) मा पुगेका हुन् ।

अमेरिकाको न्यूयोर्क न्यूजर्सीमा सम्पन्न खेलमा इक्वेडरले चार पटकको विश्वविजेता जर्मनीलाई २–१ गोलले पराजित गर्दै नकआउट यात्रा तय गर्‍यो । हारका बाबजुद जर्मनीले यसअघि लगातार दुई खेल जित्दै ६ अंकका साथ समूह विजेताको रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको थियो ।

खेलमा जर्मनीका लेरोय सानेले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, इक्वेडरका निल्सन अंगुलोले नवौँ मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्‍याए ।

त्यसपछि खेलको ७७औँ मिनेटमा इक्वेडरले निर्णायक गोल गर्दै २–१ को महत्वपूर्ण जित निकाल्यो । यस जितसँगै इक्वेडर उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

समूहको अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० गोलले पराजित गर्दै ६ अंकसहित उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान बनायो ।

यससँगै समूह ‘ई’बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान बनाएका छन् भने कुरासाओ समूह चरणबाटै बाहिरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १२, शुक्रबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP