मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हरायो, अञ्जना राना नायक बनिन्

3.4K
SHARES
नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हरायो, अञ्जना राना नायक बनिन्

काठमाडौं । भारत र नेपालबीचको मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । बुधबार भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा सम्पन्न खेलमा पाहुना टिम नेपालले घरेलु टोली भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको हो ।

नेपालका लागि खेलकी हिरो गोलकिपर अञ्जना राना रहिन् । उनले भारतका प्रिया दार्शीनी र अस्टम ओरामको पेनाल्टी रोक्दै नायकको भूमिका निभाइन् । भारतकी तेस्रो खेलाडीको प्रहार भने पोस्ट बाहिर गएपछि भारत एकपटक पनि गोल गर्न सकेन ।

नेपालबाट भएको चार पेनाल्टी प्रयासमध्ये निशा थोकर, सविता राना मगर, र रश्मीकुमारी घिसिङले गोल गरे । अनिता बस्नेतको प्रहार भने भारतकी गोलकिपर साउमिया नारायासमीले रोकिन् ।

यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । खेलको ३०औं मिनेटमा भारतकी सौम्या गुगूल्टोहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको इन्जुरी समयमा नै नेपालकी रश्मीकुमारी घिसिङले गोल गर्दै टोलीलाई खेलमा फर्काइन् ।

यो नेपाल र भारतबीचको ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबल हो । यसअघि पनि नेपालले त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा भारतलाई २–१ ले पराजित गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १२, बुधबार १४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP