मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकाका पाँच प्रमुख क्षेत्रमा भेला तथा प्रदर्शन रोक

1.7K
SHARES
काठमाडौं उपत्यकाका पाँच प्रमुख क्षेत्रमा भेला तथा प्रदर्शन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका संवेदनशील पाँच क्षेत्रमा दुई महिनासम्म कुनै पनि प्रकारका भेला, धर्ना, जुलुस वा प्रदर्शन गर्न नपाइने आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार जारी गरेको आदेशअनुसार शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय परिसर, सिंहदरबार क्षेत्र तथा प्रधानमन्त्री निवास बालुवाटारलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यी क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने स्पष्ट उल्लेख गरिएको छ ।

विरोधका कार्यक्रमका क्रममा भीड उच्छृङ्खल बन्दै तोडफोड, आगजनी, मुठभेड, भिडन्त वा अशान्ति पैदा हुने जोखिम देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) अनुसार शुक्रबारदेखि लागू हुने गरी दुई महिनाका लागि यस्तो प्रतिबन्ध लगाइएको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकदेखि सामाखुशी मोडतर्फ १०० मिटर दक्षिण तथा सामाखुशी खोलासम्मको क्षेत्र निषेधित गरिएको छ ।

हरित गृह क्षेत्रअन्तर्गत केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, त्यसैगरी केशरमहल चोकदेखि नारायणहिटी दरबार दक्षिण गेट हुँदै जयनेपाल मोड र महेन्द्र सालिकसम्मको क्षेत्र पनि प्रतिबन्धित गरिएको छ ।

भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि सिंहदरबार मूलगेटसम्म, त्यहाँदेखि पद्मोदय माविको मोड हुँदै महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फको उत्तरपूर्वी मोडसम्म, र त्यसबाट सिंहदरबार पूर्वी गेट र हनुमानस्थान मन्दिर सम्मको क्षेत्र प्रदर्शन निषेधित क्षेत्रका रुपमा तोकिएको छ ।

साथै सिंहदरबार दक्षिणतर्फ सर्वोच्च अदालत अगाडिदेखि पुरातत्व विभाग चोक हुँदै हनुमानस्थान मन्दिरसम्म पनि कुनै भेला वा प्रदर्शन गर्न पाइँदैन ।

जिल्ला अदालतको पूर्वी मोडदेखि जिल्ला प्रशासन कार्यालयको उत्तर मोडसम्म, प्रधानमन्त्री निवास बालुवाटार परिसर, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, प्रधानन्यायाधीशका आवास वरपर र राष्ट्र बैंक चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटर क्षेत्राधिकारभित्र पनि भेला तथा प्रदर्शन निषेध गरिएको छ ।

प्रशासनले उक्त प्रतिबन्धको अवज्ञा गर्ने गतिविधि भएमा कानूनी कारबाही हुने चेतावनीसमेत दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १, शनिबार ०६:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP