मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचनमा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

598
SHARES
निर्वाचनमा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन ड्युटीमा खटिएका सुरक्षाकर्मी वा निर्वाचन प्रहरी घाइते भए उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा ड्युटीकै क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा उनका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यसैगरी मन्त्रिपरिषद्ले १६औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । साथै यातायात क्षेत्रसँग सम्बन्धित सर्वोच्च अदालतका आदेश कार्यान्वयनबारे बनेको जाँचबुझ आयोगको कार्यअवधि एक महिना थप गर्ने निर्णय गरिएको प्रवक्ता अर्यालले बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ असार मसान्तसम्म निरन्तरता दिने निर्णय गरिएको छ । उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने व्यवस्था मिलाउन बाधा–अडकाउ फुकाउने आदेश जारी गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले जानकारी दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १३, बुधबार ०९:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP