मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकार–महाअभियान वार्ता: नेपाल बन्द फिर्ता, मागहरूबारे निरन्तर छलफलको सहमति

2.8K
SHARES
सरकार–महाअभियान वार्ता: नेपाल बन्द फिर्ता, मागहरूबारे निरन्तर छलफलको सहमति

काठमान्डु । सरकार र सरकार, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल बीच शनिबार बालुवाटारमा भएको वार्ताले महाअभियानले अघि सारेका २७ बुँदे मागका विषयमा विस्तृतरूपमा छलफल अघि बढाएको छ । वर्तमान शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै उठाइएका मुद्दाहरू क्रमशः सम्बोधन गर्न सरकार निरन्तर बैठक, वार्ता र सहजीकरण प्रक्रियामा अघि बढ्ने सहमति भएको जानकारी दिइएको छ ।

सहमतिपछि महाअभियानले २०८२ मंसिर ७ गतेका लागि घोषणा गरिएको नेपाल बन्द तथा अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको छ । वार्तामा महाअभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईको सहभागिता थियो ।

सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, सल्लाहकार गोविन्दनारायण तिमिल्सिना र अन्य अधिकारीहरूको उपस्थिति रहे ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न भएको वार्ताले महाअभियानको शीर्ष नेतृत्व सहभागी हुने गरी अर्को चरणको वार्ता गर्दै गर्ने समझदारीसमेत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ७, आईतवार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP