मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दल दर्ता गर्ने समय आज सकिँदै

1.5K
SHARES
दल दर्ता गर्ने समय आज सकिँदै

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले तोकेको दल दर्ता प्रमाणपत्र लिनुपर्ने अन्तिम म्याद आज साँझ कार्यालय समयसम्म मात्र खुला रहनेछ । दर्ता प्रक्रियाको अन्तिम दिन पर्नासाथ आयोगमा नयाँ तथा पुराना दलको चहलपहल असाधारण रूपमा बढेको छ ।

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले राजनीतिक दल दर्ताका लागि अघिल्लो महिना आह्वान गरेको थियो । सोही क्रममा धेरै नयाँ दलले दर्ता प्रक्रिया पूरा गरिसकेका छन् भने केही दल आज अन्तिम दिन प्रमाणपत्र लिन आयोग धाइरहेका छन् ।

आयोगका अनुसार हालसम्म आधिकारिकता पाउने दलको संख्या १२६ पुगेको छ । दर्ता प्रक्रियामा रहेका थुप्रै दलले आजै प्रमाणपत्र लिने भएकाले कुल संख्या अझै बढ्न सक्ने आयोगको अनुमान छ । यससँगै प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन इच्छुक दलहरूको वास्तविक संख्या आज नै टुंगिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ३०, आईतवार ०४:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP