मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभाको पहिलो बैठकअघि सर्वदलीय छलफल

1K
SHARES
प्रतिनिधिसभाको पहिलो बैठकअघि सर्वदलीय छलफल

काठमाडौं । संघीय संसद्को नयाँ अधिवेशन सुरु हुनुअघि संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन बोलाइएपछि सचिवालयले दलहरूबीच प्रारम्भिक समन्वयका लागि बैठक तय गरेको हो ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ः०० बजे बस्ने तय भएको छ । सोही बैठकअघि दिउँसो १ः०० बजे सर्वदलीय बैठक राखिएको संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरी ले जानकारी दिएका छन् ।

सचिवालयका अनुसार प्रतिनिधिसभाको औपचारिक बैठक सुरु हुनुभन्दा एक घण्टा अघि बस्ने सर्वदलीय बैठकमा संसद्को प्रारम्भिक कार्यसूची, बैठक सञ्चालनको प्रक्रिया र दलहरूबीच आवश्यक समन्वयका विषयमा छलफल हुनेछ । बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका तर्फबाट प्रतिनिधि तथा संसद् सचिवालयका उच्च अधिकारीहरूको सहभागिता रहनेछ ।

नयाँ संसद्को पहिलो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ । यही बैठकबाट सभामुख निर्वाचनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । संसद्को नेतृत्व चयनसँगै आगामी विधायिकी कामकारबाहीको दिशा तय हुने भएकाले दलहरू अहिले आन्तरिक गृहकार्यमा जुटेका छन् ।

यससँगै, संसदीय परम्पराअनुसार राजनीतिक दलहरूले चाहेमा शीर्ष नेताहरूले संसद्मा शुभकामना मन्तव्य दिने अभ्यास पनि रहनेछ । नयाँ जनादेशपछि पहिलोपटक बस्न लागेको प्रतिनिधिसभा बैठकले आगामी राजनीतिक समीकरण, सहकार्यको वातावरण र संसदीय गतिशीलताको संकेत दिने विश्वास गरिएको छ ।

नयाँ संसद्को सुरुवातसँगै सरकार गठन, शक्ति सन्तुलन, सभामुख चयन र संसदीय समितिहरूको गठनजस्ता विषयहरू क्रमशः अघि बढ्ने भएकाले १९ चैतको बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १७, मंगलवार ०५:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP