मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाङ माओमिङ नेपाल आइपुगे, नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

1.1K
SHARES
चाङ माओमिङ नेपाल आइपुगे, नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ शुक्रबार काठमाडौँ आइपुगेका छन् । एयर चाइनाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनलाई चिनियाँ दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।

यसअघि कार्यरत राजदूत छन सोङ आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनको परराष्ट्र मन्त्रालयले चाङलाई नयाँ जिम्मेवारीसहित नेपाल पठाएको हो । काठमाडौं आइपुगेलगत्तै उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत नेपाली जनतालाई सम्बोधन गर्दै नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो पहिलो सन्देशमा उनले जनवादी गणतन्त्र चीनको तर्फबाट नेपालका लागि २३औँ ‘असाधारण र सर्वाधिकार सम्पन्न राजदूत’का रूपमा नियुक्त हुन पाएकोमा गर्व लागेको उल्लेख गर्दै नेपाली जनताको आत्मीय स्वागतप्रति धन्यवाद दिएका छन् ।

यसअघि चाङ चीनको विदेश मन्त्रालयअन्तर्गत एसियाली मामिला विभागमा उप–महानिर्देशकका रूपमा कार्यरत थिए । नेपालसहित दक्षिण एसियाली मुलुकसँगको सम्बन्ध हेर्ने जिम्मेवारी सम्हालेका कारण उनलाई नेपाल मामिलामा अनुभवी कूटनीतिज्ञ मानिन्छ । सन् २०२१ देखि २०२३ सम्म उनी चेकोस्लाभियाका लागि कार्यवाहक राजदूतको जिम्मेवारीमा समेत रहेका थिए ।

चीन सरकारले उनलाई ‘असाधारण र सर्वाधिकार सम्पन्न राजदूत’ हैसियतमा नेपाल पठाएको हो, जसअनुसार नेपालमा रहँदा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको तर्फबाट पूर्ण कूटनीतिक अधिकार प्रयोग गर्न सक्नेछन् । दुई देशबीच हुने द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने अधिकारसमेत राजदूतलाई रहनेछ ।

राजदूत चाङले विकास र समृद्धिका लागि दीर्घकालीन मित्रतामा आधारित चीन–नेपाल रणनीतिक साझेदारीलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै दुई देशबीचको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १, शुक्रबार १३:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP