मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नाउपाको राष्ट्रिय भेला बानेश्वरमा जारी, अध्यक्ष रञ्जिता अनुपस्थित

1.7K
SHARES
नाउपाको राष्ट्रिय भेला बानेश्वरमा जारी, अध्यक्ष रञ्जिता अनुपस्थित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीविरुद्धको अनुशासन कारबाही अनुमोदन गर्न राष्ट्रिय भेला बोलाएको छ । राजधानीको मध्यबानेश्वरमा जारी भेलामा अध्यक्ष रञ्जिता भने अनुपस्थित छन् ।

लिचीबारी घुसकाण्डमा मुछिएपछि चौधरीमाथि पार्टी अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाएको थियो । उक्त समितिको संयोजकत्व रामलाल डगौरासहित सुनिता चौधरी र पुण्य बुढाले समितिबाट चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । समयमै स्पष्टीकरण नआएपछि चौधरीलाई अध्यक्ष पदबाट हटाइएको नाउपाले जानकारी दिएको छ ।

उनलाई हटाएको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता गरिएको छ । पार्टीले हाल पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको भए पनि त्यसबारे पार्टीभित्र मतभेद देखिएको छ ।

राष्ट्रिय भेलाले अनुशासन समितिको निर्णय अनुमोदन गर्नुका साथै चौधरीपछिको नेतृत्व, संगठनात्मक जिम्मेवारी तोक्ने, तथा आगामी दिशा तय गर्ने जस्ता एजेन्डामा छलफल गरिरहेको एक नेताले जनाए ।

भेलामा केन्द्रीय सदस्य, संघीय तथा प्रदेश सांसदलगायतका नेता सहभागी छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १४, बुधबार ०७:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP