मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार आरोपमा अख्तियारको फन्दामा

1.9K
SHARES
महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार आरोपमा अख्तियारको फन्दामा

काठमान्डु । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदालतमा पेश गरेको छ । आयोगका एक अधिकृतका अनुसार अधिकारीविरुद्ध दर्ता गर्न लागिएको भ्रष्टाचार मुद्दासम्बन्धी अभियोगपत्रसहित उनलाई अदालतमा उपस्थित गराइएको हो ।

अख्तियारले अधिकारीमाथि दुरुपयोग र अनियमिततासम्बन्धी गम्भीर आरोप रहेको उल्लेख गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

यसअघि कात्तिक ३ गते सातदोबाटोबाट घरतर्फ जाँदै गरेका अधिकारीमाथि अपरिचित समूहले आक्रमण गरेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेका कोकिलबहादुर शाह, रामेछाप गेलुका ३१ वर्षीय सिर्जन अधिकारी तथा सर्लाहीका ३५ वर्षीय हेम तामाङलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दा अब विशेष अदालतमा सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १७, बुधबार ०८:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP