मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिए

2.3K
SHARES
हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिए

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कबहादुर साम्पाङले औपचारिक रूपमा आफ्नो राजनीतिक दल दर्ता गराउन निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार साम्पाङ नेतृत्वको टोलीले आयोगमा दर्ताका लागि निवेदन दर्ता गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पुष्टि गरेका छन् ।

प्रवक्ता भट्टराईका अनुसार निवेदनमा साम्पाङलाई संयोजक तोकिएको छ र दलको नाम ‘श्रम संस्कृति पार्टी’ उल्लेख गरिएको छ । उनले भने, “हर्कबहादुर राईलाई संयोजक राखेर दल दर्ताका लागि निवेदन आएको छ । आयोगको प्रक्रियाअनुसार निवेदनमाथि हाल जाँचबुझ भइरहेको अवस्था छ ।”

साम्पाङले स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ को स्थानीय तह निर्वाचनमा विजयी हुँदै धरानको नेतृत्व सम्हालेका थिए । जनस्तरमा लोकप्रिय छविबाट पहिचान बनाएका साम्पाङले पछिल्लो समय संघीय राजनीति प्रवेशको संकेत गर्दै आएका थिए । उनले राष्ट्रिय स्तरमा श्रम, स्थानीय उत्पादन, संस्कृति संरक्षण र सुशासनको एजेन्डा अघि सार्दै दल निर्माणको तयारी गरेको बताएका छन् ।

दल दर्ताको प्रक्रिया सहजसँग अघि बढे आयोगले आवश्यक कागजात र मापदण्ड पूरा भएको प्रमाणित गरेपछि मात्र दर्ता निर्णय हुनेछ । अब आयोगको समीक्षा र छलफलपछि मात्र दलको आधिकारिक मान्यता पक्का हुनेछ ।

स्थानीय तह हुँदै राष्ट्रिय राजनीतिको केंद्रमा पाइला चाल्न लागेका साम्पाङको यो कदमले आगामी निर्वाचनमा स्वतन्त्र शक्ति र वैकल्पिक राजनीतिक मोर्चाको चर्चा फेरि ताजा बनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १२, आईतवार १२:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP