मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोरुमाथि अमानवीय व्यवहार गर्ने व्यक्ति प्युठानमा पक्राउ

923
SHARES
गोरुमाथि अमानवीय व्यवहार गर्ने व्यक्ति प्युठानमा पक्राउ

काठमाडौं । प्युठानमा गोरुमाथि क्रूर व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–१ का करिब ३६ वर्षीय जालिराम थापा मगर रहेका छन् ।

प्रहरीका अनुसार थापाले खेत जोत्ने क्रममा गोरु हिँड्न नसकेर खेतमै सुतेपछि त्यसलाई कुटपिट गर्नुका साथै नाक र मुख माटोमा गाडेर अमानवीय व्यवहार गरेका थिए ।

उक्त घटनाको भिडियो आफैंले खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि भिडियो व्यापक रूपमा भाइरल बनेको थियो । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो ।

थापालाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २१, बिहीबार ११:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP