मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोरखाका वडाध्यक्ष लामा जर्मनी प्रस्थान, राजनीतिबाट सदाको लागि बिदा

1.5K
SHARES
गोरखाका वडाध्यक्ष लामा जर्मनी प्रस्थान, राजनीतिबाट सदाको लागि बिदा

काठमाडौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा जर्मनी प्रस्थान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक स्टाटस लेख्दै उनले राजनीतिबाट सदाका लागि बिदा लिएको घोषणा गरेका हुन् ।

लामाले आफ्नो कार्यकालमा सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीपूर्वक काम गरेको बताए । तर, आफ्नो प्रयास र योगदानलाई कहिल्यै उचित मूल्याङ्कन नभएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो । तर जति गर्दा पनि जस नपाउने कामले आत्मसन्तुष्टि भएन । त्यसैले अबदेखि यो राजनीतिबाट सदाको लागि बिदा भएको निर्णयसहित जिन्दगीलाई पुनः शून्य अर्थात् जिरोबाट सुरु गर्न परदेश लागेको हुँ,’ उनले फेसबुकमा लेखेका छन् ।

वडाध्यक्ष लामाले गाउँपालिकामा आधिकारिक पत्र पठाई वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

गाउँपालिकाका सूचना अधिकारी सन्दीप रेग्मीका अनुसार वडाध्यक्ष लामाले प्रस्थान गर्नु अघि नै जिम्मेवारी तोकेर पत्र पठाएका थिए । “उहाँले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई अध्यक्षको जिम्मेवारी दिएको पत्र आएको छ । तर उहाँ फर्किने वा नफर्किने भन्नेबारे कुनै जानकारी आएको छैन,” रेग्मीले बताए ।

लामा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए । वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका बेला उनले विदेशी भूमिबाट नयाँ जीवन यात्रा सुरु गर्ने निर्णय गरेका छन् ।

उनको यो कदमलाई कतिपयले व्यक्तिगत निराशा र अवसरको खोजीको परिणामका रूपमा लिएका छन् भने कतिपयले गाउँ र जिल्लाको राजनीतिमा यसको असर पर्ने बताइरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार १०:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP