मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दुर्गन्धित शव हेलिकोप्टरबाट ओसार्न समस्या, टिमुरे–स्याफ्रुबेँसीमा व्यवस्थापन चुनौती

533
SHARES
दुर्गन्धित शव हेलिकोप्टरबाट ओसार्न समस्या, टिमुरे–स्याफ्रुबेँसीमा व्यवस्थापन चुनौती

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा फेला परेका शव व्यवस्थापनमा समस्या देखिएको छ । लामो समयदेखि थुप्रिएका शव दुर्गन्धित हुन थालेपछि उद्धारमा प्रयोग भइरहेका निजी हेलिकोप्टरबाट शव ओसार्न कठिनाइ भएको हो ।

निजी हेलिकोप्टर कम्पनीहरूले खुला अवस्थामा शवलाई हेलिकोप्टरभित्र राखेर अन्यत्र लैजान नसकिने जनाएका छन् । दुर्गन्ध फैलिने तथा स्वास्थ्य र सुरक्षासम्बन्धी जोखिम हुने भएकाले शव ओसार्न वैकल्पिक व्यवस्था आवश्यक परेको हो ।

यसका लागि शवलाई सुरक्षित रूपमा राखेर हेलिकोप्टरबाट ढुवानी गर्न विशेष ‘बकेट’ मगाउने तयारी भइरहेको छ । बकेटको प्रयोगबाट हेलिकोप्टरभित्र दुर्गन्ध फैलिन नदिई शवलाई सुरक्षित रूपमा प्रभावित क्षेत्रबाट अन्यत्र लैजान सहज हुने अपेक्षा गरिएको छ ।

भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजी क्षेत्रका हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान जारी छ । उद्धारका क्रममा थप शव फेला पर्ने क्रमसँगै तिनको सुरक्षित व्यवस्थापन पनि चुनौतीका रूपमा देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १६, मंगलवार ०७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP