मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचन: ६४ दलले समानुपातिक बन्द सूची पेस

2.2K
SHARES
प्रतिनिधिसभा निर्वाचन: ६४ दलले समानुपातिक बन्द सूची पेस

काठमाडौं । आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक प्रणालीअन्तर्गत बन्द सूची पेस गरेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सूची बुझाउनेमध्ये ५८ दलले चुनाव चिह्न प्राप्त गरेका छन् ।

बन्द सूची बुझाएका दलहरूमध्ये १० वटा राजनीतिक दल चारवटा एकल चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा सहभागी हुने भएका छन् ।

बस चुनाव चिह्न लिएर नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टी निर्वाचनमा सहभागी हुनेछन्।

जाँतो एकल चुनाव चिह्नमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले निर्वाचन लड्ने भएका छन् ।

मोबाइल चुनाव चिह्नमार्फत आम जनता पार्टी र जनतादेश पार्टीले चुनावमा भाग लिनेछन् ।

जगर भएको सिंह चुनाव चिह्नबाट सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

निर्वाचन आयोगले पुस १३ र १४ गते बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो । सोही अनुसार सोमबार राति अबेरदेखि मंगलबार बिहानसम्म ६४ राजनीतिक दलले सूची पेस गरेका हुन् ।

दर्ता भएका बन्द सूचीहरूको छानबिन पुस १५ गतेदेखि २० गतेसम्म गरिने आयोगले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १५, मंगलवार १२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP