मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर कमजोर मनसुनी प्रभाव, केही पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

3.1K
SHARES
देशभर कमजोर मनसुनी प्रभाव, केही पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहँदा स्थानीय वायूको आंशिक प्रभाव मात्र देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागहरूमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ । बाँकी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।

आज राति कोशी प्रदेशसहित देशका अन्य पहाडी भागहरूमा आंशिक बदली रहनेछ, भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशसहितका पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जनसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १०, शुक्रबार ००:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP