मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारत भ्रमणमा रवि लामिछाने, भाजपाका शीर्ष नेतासँग भेटवार्ता गर्ने

156
SHARES
भारत भ्रमणमा रवि लामिछाने, भाजपाका शीर्ष नेतासँग भेटवार्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आजदेखि पाँच दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ २२ गतेसम्म भारतमा रहने कार्यक्रम छ ।

रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । उनले भाजपाका वरिष्ठ नेताहरूसँग द्विपक्षीय सम्बन्ध, राजनीतिक सहकार्य र आपसी चासोका विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

भ्रमण अवधिमा लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा रास्वपाका शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय गरिएको छ । साथै उनले अयोध्याको व्यक्तिगत भ्रमण पनि गर्नेछन् ।

भारत भ्रमणमा लामिछानेको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ । टोलीमा रास्वपाका सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवं सांसद दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।

रास्वपाका अनुसार भ्रमणका विभिन्न कार्यक्रम तथा उच्चस्तरीय भेटघाटको व्यवस्थापनका लागि नेपाली दुतावास नयाँ दिल्लीले आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १८, सोमबार ००:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP