मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसद्भित्रै विभेद भएको हर्क साम्पाङको आरोप

481
SHARES
संसद्भित्रै विभेद भएको हर्क साम्पाङको आरोप

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले संसद्भित्रै साना दलमाथि विभेद भइरहेको टिप्पणी गरेका छन् । बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा उनले बोल्ने समयको असमान व्यवस्थालाई लिएर सत्ता पक्ष र साना दलबीच स्पष्ट विभेद देखिएको बताएका हुन् ।

रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिपछि सांकेतिक टिप्पणी गर्दै साम्पाङले संसदभित्र समान अवसरको अभाव रहेको बताए । उनका अनुसार ठूला दलका नेताहरूले ३० देखि ४० मिनेटसम्म बोल्न पाउने तर साना दललाई ३–४ मिनेटमै सीमित गरिनु लोकतान्त्रिक अभ्यास विपरीत हो ।

“हामी विभेदको अन्त्य गर्छौं भनिरहेका छौं, तर यही संसदभित्र पनि विभेद देखिन्छ,” साम्पाङको भनाइ थियो । उनले साना दलका सांसदहरू पनि जनताको मतबाट निर्वाचित भएर आएको स्मरण गराउँदै आफ्ना मतदाता र जनताका आवाज सदनमा खुलस्त राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

उनले साना दलका प्रतिनिधिलाई समयको सीमाभित्र बाँधेर जनताका मुद्दा उठाउने अवसर संकुचित गरिएको संकेत गरे । “हामी पनि जनताबाट चुनिएर आएका हौं, हामीले पनि जनताका कुरा सदनमा राख्न पाउनुपर्छ,” उनले भने ।

यसअघि सोही बैठकमा दलीय आधारमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले दलित समुदायमाथि सदियौँदेखि हुँदै आएको विभेदप्रति सरकारका तर्फबाट माफी मागेका थिए । त्यसै सन्दर्भलाई जोड्दै साम्पाङले संसदभित्रकै व्यवहारमा समानताको अभ्यास हुनुपर्ने सन्देश दिएका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १९, बिहीबार ११:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP