मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संवैधानिक परिषद् अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति साम्पाङको आपत्ति

910
SHARES
संवैधानिक परिषद् अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति साम्पाङको आपत्ति

काठमाडौं । हर्कराज राई (हर्क साम्पाङ) ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिएको र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको विषयप्रति गम्भीर आपत्ति जनाएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले बिहीबार जारी गरेको विज्ञप्तिमा संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिँदै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । उनले यस्तो कदमले संविधान र विधिको मर्ममाथि प्रहार गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा सरकारले चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरेर अर्को ठूलो गल्ती गरेको आरोप लगाइएको छ । उक्त नियुक्तिले राजनीतिक तथा कानुनी स्वार्थ बोकेको हुनसक्ने आशंका व्यक्त गर्दै सहकारी ठगी प्रकरण, भदौ २३–२४ को ‘जनजागरण आन्दोलन’, एमसीसी र एसपीपीजस्ता विषयमा प्रभाव पार्ने उद्देश्य हुनसक्ने दाबी गरिएको छ ।

राईले नियुक्तिसम्बन्धी बैठकमा नयाँ–नयाँ एजेन्डा ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको समेत उल्लेख गरेका छन् । साथै, आफ्नो पार्टीबाट गएको उपसभामुखले पनि वरीयता मिचेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु दुःखद भएको टिप्पणी गरेका छन् ।

विज्ञप्तिको अन्त्यमा श्रम संस्कृति पार्टीले “विधि मिचेर राजनीतिलाई अघि सार्ने” प्रवृत्तिको विरोध गर्ने स्पष्ट पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २५, शुक्रबार ०६:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP