मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमतीमा मन्त्री नियुक्ति रोक्न एमालेको सुझाव, शपथ कार्यक्रम स्थगित

2K
SHARES
बागमतीमा मन्त्री नियुक्ति रोक्न एमालेको सुझाव, शपथ कार्यक्रम स्थगित

हेटौँडा । बागमती प्रदेश सरकारमा मन्त्री नियुक्तिको तयारी चलिरहेका बेला सत्तारुढ साझेदार दल नेकपा एमालेले तत्काल मन्त्री नतोकिन सुझाव दिएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाले बुधबार केही मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी गरेका थिए । तर, एमालेले पहिले दलको नेता चयन गरी मात्रै अगाडि बढ्न आग्रह गरेको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार अहिले हतारमा मन्त्री नियुक्ति गर्दा विवाद बढ्न सक्ने सम्भावना रहेको भन्दै सो निर्णय स्थगन गर्न भनिएको हो । “हालको अवस्थामा चाँडो निर्णयले दीर्घकालीन असर पार्न सक्छ,” थपलियाले भने, “त्यसैले प्रक्रियागत रूपमा अघि बढेर दलको नेता टुंग्याएपछि मात्र नियुक्ति गर्नु उपयुक्त हुनेछ ।”

थपलियाका अनुसार एमालेले गठबन्धनको भावना अनुरूप सुझाव दिएको हो, तर अन्तिम निर्णय मुख्यमन्त्रीकै अधिकार क्षेत्रभित्र पर्छ । “हामीले त सुझाव दिएका हौं, मान्ने वा नमान्ने कुरा उहाँको हो,” उनले स्पष्ट पारे ।

मुख्यमन्त्री लामाले विश्वासको मत गुमाएपछि आज कांग्रेस दलको नेता चयन हुँदैछ । सो प्रक्रियासँगै उनले तीनजना मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए । तर, एमालेको सुझावपछिको बदलिएको परिस्थिति अनुसार शपथ ग्रहण कार्यक्रम केही समयका लागि सारिएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १४, बुधबार ०५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP