मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इजरायलद्वारा इरानमाथि आक्रमण, संकटकालको घोषणा

3.1K
SHARES
इजरायलद्वारा इरानमाथि आक्रमण, संकटकालको घोषणा

तेल अभिभ / तेहरान। इजरायलले इरानमाथि सैन्य आक्रमण गरेको घोषणा गरेको छ । यससंगै इजरायली सरकारले देशभर संकटकालको घोषणा गरेको छ । इजरायली रक्षा मन्त्री इजरायल काट्जले जारी गरेको वक्तव्यमा इरानबाट क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको तत्काल सम्भावना रहेको जनाइएको छ ।

इरानी राजधानी तेहरानसहित विभिन्न शहरमा विस्फोटको आवाज सुन्निएको इरानी सरकारी सञ्चारमाध्यम ‘आईआरएनए’ले जनाएको छ । इजरायलको प्रारम्भिक आक्रमण मुख्य रूपमा इरानको आणविक कार्यक्रम, लामो दूरीका क्षेप्यास्त्र स्थल र सैन्य पूर्वाधारहरूमा केन्द्रित भएको बताइएको छ ।

इजरायली सैन्य अधिकारीका अनुसार हमला ‘सटीक, योजनाबद्ध र समन्वित’ थियो, जसमा दर्जनौँ लक्ष्यहरू समेटिएका थिए । सीएनएनसँग कुरा गर्दै एक इजरायली स्रोतले भने, ‘यो केवल एक दिनको हमला होइन । इजरायलले आक्रमणको रणनीति लामो समयदेखि तयार पारेको थियो र अहिले सैन्य तथा कूटनीतिक दृष्टिकोणले उपयुक्त समय देखेर कार्यान्वयनमा ल्याइएको हो ।’

तनाव चुलिँदै, क्षेत्रीय युद्धको चिन्ता

इरानले इजरायली आक्रमणलाई ‘अघोषित युद्धको घोषणा’ भन्दै कडा प्रतिक्रिया दिएको छ। इरानी रिभोल्युशनरी गार्ड्सले जवाफमा व्यापक कारबाही हुने चेतावनी दिएको छ। इरानको सर्वोच्च सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको र त्यसमा ‘सशक्त जवाफ’ दिने निर्णय भएको रिपोर्टहरू आएका छन्।

यस हमलासँगै मध्यपूर्वमा युद्धको सम्भावना अझै तीव्र बनेको छ। विश्लेषकहरूका अनुसार यदि दुवै पक्षबीच प्रत्यक्ष युद्ध सुरु भयो भने त्यसले लेबनान, सिरिया, इराक हुँदै खाडी राष्ट्रहरूलाई पनि प्रभाव पार्न सक्छ।

अन्तर्राष्ट्रिय समुदायको चिन्ता

संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र अमेरिका लगायतका प्रमुख अन्तर्राष्ट्रिय शक्तिहरूले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो तनावले वैश्विक सुरक्षामा गम्भीर असर पार्न सक्ने’ भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् ।

यसबीच, तेलको मूल्यमा पनि उकालो लाग्ने संकेत देखिएको छ, जसले विश्व बजारमा आर्थिक अस्थिरता थप्न सक्छ । (एजेन्सी)



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ ३०, शुक्रबार ०४:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP