मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोइरालाको चेतावनी: ‘महाधिवेशन विवादले कांग्रेस विभाजनसम्म पुग्न सक्छ’

1.7K
SHARES
कोइरालाको चेतावनी: ‘महाधिवेशन विवादले कांग्रेस विभाजनसम्म पुग्न सक्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशन सम्बन्धी विवाद समाधान नभए विभाजनको खतरा बढ्ने चेतावनी दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशनको विषयमा केन्द्रीय समिति बैठकले छिट्टै निर्णय गर्नुपर्ने बताएका हुन् । उनका अनुसार, निर्णयमा ढिलाइ भए पार्टी गम्भीर राजनीतिक संकटतर्फ जानसक्छ ।

कोइरालाले विशेष महाधिवेशनको मागमा पार्टीका करिब ५५ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेको दाबी गर्दै भने, “हस्ताक्षर प्रमाणीकरण सुरु हुने दिनदेखि नै विभाजनको जोखिम सुरु हुन्छ ।”

उनले थपे, “यदि ४० प्रतिशत मात्र लिएर महाधिवेशनमा गयौं भने बाँकी ६० प्रतिशत छुट्टिन सक्छन् । त्यसैले केन्द्रीय समितिले नै निष्कर्ष निकाल्न सके भने पार्टी एकताबद्ध रूपमा अघि बढ्छ ।”

कोइरालाले बहुमतको बलमा महाधिवेशन हुनेमा शंका नरहे पनि, संगठनलाई फुटबाट जोगाउन आफूले मध्यमार्गी भूमिका खेलिरहेको स्पष्ट पारे ।

उनको भनाइमा, ५५ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बाध्यात्मक भएकाले त्यसमा शंका छैन, तर पार्टी विभाजन रोक्न निर्णय केन्द्रीय समितिबाटै लिनु अपरिहार्य छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २५, मंगलवार ११:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP