मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्कीको आग्रह: “फागुन २१ को निर्वाचन देशको भविष्यको मोड”

1.8K
SHARES
प्रधानमन्त्री कार्कीको आग्रह: “फागुन २१ को निर्वाचन देशको भविष्यको मोड”

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित निर्वाचन कुनै साधारण राजनीतिक प्रक्रिया नभई मुलुकको लोकतान्त्रिक भविष्यसँग प्रत्यक्ष सम्बन्धित निर्णायक घडी भएको बताएकी छन् ।

नागरिक समाजका प्रतिनिधिहरूलाई आज राजधानीमा सम्बोधन गर्दै उनले निर्वाचन असफल बने मुलुक पुनः राजनीतिक अस्थिरता र संवैधानिक जटिलतामा फस्ने चेतावनी दिइन् ।

उनका अनुसार राजनीतिक दलहरूबीच विश्वासको खाडल बढिरहेको वर्तमान अवस्थाले नागरिक समाजको भूमिका अझै महत्वपूर्ण बनेको छ । “सरकार र दलहरूबीच विश्वास निर्माण गर्न र सर्वसाधारणलाई मताधिकार प्रयोगतर्फ प्रोत्साहित गर्न तपाईंहरू ‘तेस्रो शक्ति’का रूपमा उत्तिकै निर्णायक बन्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ,” प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले मुलुकले सामना गरिरहेको संवैधानिक रिक्तता टार्न फागुन २१ को निर्वाचन अनिवार्य रहेको दोहोर्याइन् । केही पक्षले फैलाइरहेका भ्रम र अनिश्चिततालाई चिर्न नागरिक समाजले खुला र ठोस रूपमा जनमत निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले प्रमुख दलहरूलाई यही मङ्सिर १० भित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता पूर्ण गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याउँदै उक्त समयसीमाले नै निर्वाचनको विश्वसनीयता र सुनिश्चितता प्रतिबिम्बित गर्ने बताइन् ।

उनले नागरिक समाजका अगुवासँगको प्रत्यक्ष संवादलाई ‘राजनीतिक समाधानका मार्ग पहिचान गर्ने महत्वपूर्ण अवसर’को रूपमा लिँदै प्रस्तुत गरिएका सुझावहरूलाई सरकारले गम्भीरतापूर्वक आत्मसात् गर्ने आश्वासन पनि दिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १, सोमबार १२:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP