मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार अघि सार्ने घोषणा

585
SHARES
उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार अघि सार्ने घोषणा

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले पनि प्रतिस्पर्धा गर्ने भएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत पार्टीले उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

उनले सभामुख निर्विरोध चयन भएकोमा बधाइ दिँदै अब उपसभामुख चयनको प्रक्रियामा पार्टीले महिला उम्मेदवार अघि सार्ने उल्लेख गरेका छन् । साथै उनले नयाँ र पुराना शक्तिबीचको प्रतिस्पर्धामा कस्तो मत परिणाम आउला भन्ने प्रश्न पनि उठाएका छन् ।

उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौं । अब उपसभामुख चयनको निर्वाचन हुँदैछ । हामी महिला उम्मेद्वार खडा गर्दैछौं। हेरौं नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई । ७ भोट आउँछ कि १८९?’

यसअघि सभामुख पदमा डिपी अर्यालको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध चयन हुने निश्चित भएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट आज (आइतबार) सभामुख पदमा नियुक्त हुनेछन् ।

उपसभामुख पद भने परम्पराअनुसार विपक्षी दललाई दिने अभ्यास रहँदै आएको छ । यसैक्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २१, शनिबार ०१:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP