मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा, बनाए नयाँ नेपाली कीर्तिमान

455
SHARES
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा, बनाए नयाँ नेपाली कीर्तिमान

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले रोड टु युएफसीमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । चीनको साङ्घाईमा भइरहेको रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डकलाई पराजित गर्दै उनी फाइनलमा प्रवेश गरेका हुन् ।

ढाँट रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली एमएमए फाइटर बनेका छन् । अब फाइनल जित्न सके उनले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन् ।

‘बझाङ्गी बाघ’का नामले परिचित ढाँटले बान्टमवेट विधामा अहिलेसम्म ११ वटा व्यावसायिक फाइट खेलेका छन् । उनले १० खेलमा जित निकाल्दा एक खेलमा मात्रै पराजय बेहोरेका छन् । सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि ढाँटले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

उनको पछिल्लो सफल यात्रामा भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि पनि महत्वपूर्ण छ । उनले भारतीय फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै बान्टमवेट उपाधि जितेका थिए । यससँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने ।

रोड टु युएफसी सिजन–५ मा पनि ढाँटले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । गत मेमा मकाउमा भएको क्वाटरफाइनलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

क्वाटरफाइनल जितसँगै उनी रोड टु युएफसीको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका थिए । अहिले सेमिफाइनलमा पनि सफलता हात पार्दै फाइनल पुगेपछि ढाँट नेपाली एमएमएको इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्न सफल भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १२, शुक्रबार ११:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP