मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फुर्केखोलाको वैकल्पिक सडक आज १० घण्टा बन्द

273
SHARES
फुर्केखोलाको वैकल्पिक सडक आज १० घण्टा बन्द

काठमाडौं । धादिङमा पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोला खण्डमा सञ्चालनमा रहेको वैकल्पिक सडक आज (मंगलबार) १० घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै भदौ २३ गते बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म वैकल्पिक सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको हो ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पक्की पुल बगाएपछि ‘परेवाटार–पिपलटार–आदामटार–बेलिनटार–मास्टार’ सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ । सो सडकमा थप मर्मत तथा सुधारको काम गर्नुपर्ने भएकाले एक दिनका लागि यातायात बन्द गर्न लागिएको प्रशासनले जनाएको छ ।

सडक बन्द हुने समयमा यात्रु तथा सवारीसाधनलाई ‘धादिङवेशी–सुनौला बजार–भोलें–कोशीखोला–फोसेटार–कल्लेरीटार’ लगायत अन्य उपलब्ध वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २३, मंगलवार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP