मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार’ : मुख्यसचिव अर्याल

1.8K
SHARES
‘नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार’ : मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्न लागेको नागरिक सरकारसँग सहकार्य गर्न कर्मचारी प्रशासन पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

सिंहदरबारस्थित जलेका भौतिक संरचनाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए ।

अर्यालले भने, “राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरू भइसकेको छ । सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको छ, र सुरक्षा अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भइरहेको छ ।”

प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै उनले पूर्वाधार र सवारीसाधनको क्षति प्राविधिक मूल्याङ्कनमार्फत निर्धारण हुने बताए ।

उनका अनुसार अत्यावश्यक सेवा—जस्तै खानेपानी, विद्युत, टेलिफोनलगायत—निरन्तर प्रवाहका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ । साथै, अन्य जिल्लाका कार्यालयहरूसँग भर्चुअल माध्यममार्फत निरन्तर संवाद भइरहेको उनले जानकारी दिए ।

क्षतिको आँकलन पूरा भएपछि कम क्षति भएका स्थानबाट सेवा प्रवाह पुनः सुरू गर्ने तयारी भइरहेको उनले स्पष्ट पारे । अर्यालले सम्भवतः सिंहदरबारमै नयाँ सरकार गठन हुने भएकाले त्यसअनुसार प्रशासन व्यवस्थामा लागिरहेको बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार ०७:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP