मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टप इन्ड टी–२०ः दोस्रो खेलमा नेपाल र बंगलादेश ‘ए’ आमनेसामने

1.9K
SHARES
टप इन्ड टी–२०ः दोस्रो खेलमा नेपाल र बंगलादेश ‘ए’ आमनेसामने

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपालले शनिबार बंगलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग ४२ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा मैदान उत्रन लागिएको हो । खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

नेपालले तेस्रो खेल सोमबार मेलबर्न स्टार्स, चौथो खेल मंगलबार होबार्ट हुरिकेन्ससँग खेल्नेछ । अगस्ट २० मा मेलबर्न रेनेगेड्स र अगस्ट २२ मा पाकिस्तान शाहीन्ससँग खेल्दै नेपालले आफ्नो लिग यात्रा पूरा गर्नेछ । प्रतियोगितामा ११ टोलीको सहभागिता छ ।

पहिलो खेलमा नेपालको प्रदर्शन
१७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटियो । ओपनर कुशल भुर्तेल ८ तथा आसिफ शेख ११ रनमा आउट भए भने लोकेश बम शून्यमै पवेलियन फर्किए । कप्तान रोहित पौडेलले २३, कुशल मल्लले आक्रामक ३४, दीपेन्द्र सिंह ऐरीले १९ र गुलशन झाले २६ रन बनाए । सोमपाल कामी (१), रुपेश सिंह (८) र सन्दीप लामिछाने (२) को योगदान रह्यो ।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले घरेलु टिमलाई २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रनमै रोक्दा सन्दीप लामिछानेले ३ विकेट लिए । साहब आलमले २ विकेट झारे भने रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले समान १–१ विकेट लिए ।

नेपालको टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र साहब आलम ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३१, शनिबार ०६:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP