मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली कांग्रेसको नयाँ निर्देशिका: ‘अवसर नपाएकालाई प्राथमिकता’

2.3K
SHARES
नेपाली कांग्रेसको नयाँ निर्देशिका: ‘अवसर नपाएकालाई प्राथमिकता’

काठमान्डु । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गर्दै तल्ला तहका समितिहरूलाई नयाँ निर्देशिका जारी गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा प्रत्येक प्रतिनिधि सभा क्षेत्रबाट एक महिलासहित तीन सम्भावित उम्मेदवार सिफारिस गर्न कांग्रेसले निर्देशन दिएको छ ।

निर्देशनअनुसार २०७९ सालमा समानुपातिकतर्फ प्रतिनिधि सभा सांसद बनेकाहरूको नाम पुनः सिफारिस गर्न नपाइने स्पष्ट गरिएको छ । त्यस्तै हालका राष्ट्रिय सभा सदस्य तथा प्रदेशसभा सांसदहरूको नाम पनि यसपालिको निर्वाचनका लागि सिफारिस सूचीमा राख्न निषेध गरिएको छ ।

यति मात्र होइन, कांग्रेसबाट टिकट लिएर २०७९ सालको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको नाम समेत उम्मेदवार सूचीमा नसमावेश गर्न भनिएको छ ।

लगातार दुई पटक परिपत्र वितरण गरेको कांग्रेसले यसपालि पहिलोपटक अवसर नपाएका कार्यकर्तालाई अगाडि ल्याउने नीति अपनाएको संकेत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १८, बिहीबार ०५:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP