मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

1.7K
SHARES
काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हटाउँदै निषेधाज्ञा समेत खुकुलो बनाएको छ ।

सेनाले जारी गरेको सूचनाअनुसार अब कर्फ्यु आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्र लागू हुनेछ । दिउँसो भने उपत्यकामा कर्फ्यु हटाइएको छ।

त्यस्तै, निषेधाज्ञा पनि पूर्णरूपमा नलाग्ने गरी खुकुलो पारिएको छ । सेनाले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्र निषेधाज्ञा जारी हुने जानकारी दिएको छ । बिहान ११ बजेसम्म निषेधाज्ञा पूर्णरूपमा हटाइएको छ ।

जेनजी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनापछि लागू गरिएको सुरक्षा व्यवस्था क्रमशः सहज बनाइँदै गएको छ । यसैक्रममा कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाइएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ ।

आज बिहान अघिल्लो दिनको तुलनामा सवारीसाधनको चाप बढेको देखिएको छ, जसले जनजीवन सामान्य बन्दै गएको संकेत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार ०४:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP