मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गणतान्त्रिक शक्तिबीचको ऐक्यबद्धता आवश्यक : अध्यक्ष दाहाल

1.6K
SHARES
गणतान्त्रिक शक्तिबीचको ऐक्यबद्धता आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका लागि गणतान्त्रिक शक्तिहरूबीच गहिरो सहकार्य र एकता अपरिहार्य रहेको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले साँचो गणतन्त्रवादीहरूले अग्रगामी परिवर्तनको यात्रामा दृढताका साथ उभिनुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार गणतान्त्रिक व्यवस्थाले नेपाली जनतालाई दिएको अधिकारको व्यवहारिक कार्यान्वयनमार्फत सामाजिक, आर्थिक र सांस्कृतिक जीवनको रुपान्तरणमा राजनीतिक दलहरूले ध्यान केन्द्रित गर्नुपर्ने समय आएको छ।

‘माओवादी नेतृत्वको जनयुद्ध तथा अन्य परिवर्तनकारी शक्तिहरूको योगदानमा सम्पन्न ऐतिहासिक जनआन्दोलनको उपलब्धिको रुपमा गणतन्त्रको स्थापना भएको हो,’ उनले उल्लेख गरे, ‘अबको कार्यभार भनेको यो प्रणालीलाई संस्थागत गर्दै प्रतिगमनविरुद्ध सशक्त ढंगले उभिनु हो।’

अध्यक्ष दाहालले गणतन्त्रवादी मूल्य, आचरण र व्यवहारको विकास गर्दै सम्पूर्ण गणतान्त्रिक शक्तिहरूबीच सुदृढ ऐक्यबद्धता निर्माण गरेर जनताको अवस्था रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

उनले गणतन्त्र स्थापनाका क्रममा ज्यान उत्सर्ग गर्ने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते योद्धाहरूको योगदानप्रति सम्मान व्यक्त गरे।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ १५, बिहीबार ०६:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP