मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल एसियाड छनोट क्रिकेटको च्याम्पियन

364
SHARES
नेपाल एसियाड छनोट क्रिकेटको च्याम्पियन

काठमाडौं । सिंगापुरमा सम्पन्न एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइनल खेलमा हङकङलाई डकवर्थ–लुइस–स्टर्न (डीएलएस) पद्धतिअनुसार १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

हङकङले प्रस्तुत गरेको १८९ रनको चुनौती पछ्याएको नेपालले ११.३ ओभरमा दुई विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसबेला डीएलएस गणनाअनुसार नेपाल अग्रस्थानमा रहेकाले विजेता घोषित भयो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ८ चौका र ३ छक्कासहित ६५ रन जोडे । रोहित पौडेल ३५ रनमा तथा कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित रहे । अर्का ओपनर आसिफ शेख भने खाता खोल्न नसकी आउट भए । दोस्रो विकेटका लागि कुशल र रोहितले ६३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । हङकङका अन्सुमन रथले ४५ बलमा ८० रन बनाउँदा साहिद वासिफले ५५ तथा शिव माथुरले २६ रनको योगदान दिएका थिए ।

नेपालका बलरमध्ये शेर मल्ल सर्वाधिक सफल रहे । उनले ४ विकेट लिए भने करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे ।

यस प्रतियोगिताको सेमिफाइनलमा पुगेपछि नेपाल, हङकङ, मलेसिया र ओमानले जापानमा हुने २०औँ एसियाली खेलकुद २०२६ का लागि स्थान सुरक्षित गरिसकेका थिए । यी चार टोलीले अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका तथा आयोजक जापानसँग एसियाड क्रिकेटमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष क्रिकेटतर्फको प्रतिस्पर्धा आगामी सेप्टेम्बर ४ देखि सुरु हुने तालिका छ भने फाइनल अक्टोबर ३ मा हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २५, सोमबार १०:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP