मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

न्युयोर्कमा ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’

3.8K
SHARES
न्युयोर्कमा ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’

काठमाडौं । सामाजिक र सार्वजनिक सेवामा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्दै प्रत्येक वर्ष प्रदान गरिँदै आएको ग्लोबल हिरो अवार्ड यसपटक ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ ।

अवार्ड कार्यक्रम आउँदो जुलाई २७ मा अमेरिकाको न्यूयोर्क सहरमा आयोजना हुनेछ । गैरआवासीय नेपालीहरूको संस्था ग्लोबल नेपाली द्वारा आयोजना गरिने भव्य समारोहमा दुबैलाई सम्मानित गरिने आयोजकले जनाएका छन् ।

शाही हाल प्रतिनिधि सभाका सांसद हुन्, जसले लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमार्फत समाजमा आफ्नो प्रभाव जमाएका छन् । उनी जनउत्तरदायी शासन र पारदर्शिताको पक्षमा खुलेर बोल्ने नेताका रूपमा परिचित छन् ।

उता कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्, जसले लोडसेडिङ अन्त्य गरेर देशको ऊर्जा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएका थिए । उनको नेतृत्व क्षमताले देशभर उनको प्रशंसा कमाएको छ ।

ग्लोबल नेपाली संस्थाले विगत केही वर्षदेखि नेपालको विविध क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई विश्वमञ्चमा सम्मान गर्दै आएको छ । यस अवार्डमार्फत नेपालप्रतिको सकारात्मक पहिचान र समर्पित व्यक्तित्वहरूको हौसला अभिवृद्धि गर्नु यसको मुख्य उद्देश्य हो ।

कार्यक्रममा नेपाल, अमेरिका र अन्य देशबाट विशिष्ट अतिथि, प्रवासी नेपाली, व्यवसायी, र समाजसेवीहरूको समेत उपस्थिति रहने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २, शुक्रबार ०७:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP