मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वाईसीएललाई प्रचण्डको निर्देशन: ‘प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिनुहोस्’

3K
SHARES
वाईसीएललाई प्रचण्डको निर्देशन: ‘प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिनुहोस्’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिन वाईसीएललाई छन् । सोमबार बिहान खुमलटारमा वाईसीएलको नवनिर्वाचित पदाधिकारी टिमलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले हाल प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सशक्त रुपमा उत्रनुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रतिक्रियावादी प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन् । जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने प्रयास भइरहेका छन् । अब तपाईंहरूको टिम जनरल स्टाफ जस्तै हो । तपाईंहरूले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो सावित गर्नुहुनेमा म विश्वास लिएको छु ।’

प्रचण्डले विधान संशोधन गरेर बनाइएको ७५ सदस्यीय पदाधिकारी टिमलाई आवश्यक क्षमताको केन्द्रिकरण भएको उल्लेख गरे । ‘पदाधिकारी पहिलाकोभन्दा बढी बनाइयो, तर प्रकारान्तरले क्षमताहरूको केन्द्रिकरण भयो । यसले संगठनलाई गतिशील, चुस्त र दुरुस्त बनाउन मद्दत गर्छ,’ उनले भने ।

विधान पारित गरेर भोलिपल्टै संशोधन गरिएकोप्रति आफूलाई आलोचना गरिएको बताउँदै उनले भने, ‘हुन त विधान आज एउटा पारित गर्ने, भोलिपल्ट संशोधन गर्ने के गरेको होला भनेर मलाई पनि सुनाएका थिए । तर तपाईंहरूले सहमतिमै सबै काम गर्नुभयो, त्यसैले चिन्ता लिनुपर्ने अवस्था छैन ।’



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २६, सोमबार ०७:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP