मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस कार्यसमितिको बैठकमा १५ सदस्यको धारणा, बैठक भोलि फेरि बस्ने

3K
SHARES
कांग्रेस कार्यसमितिको बैठकमा १५ सदस्यको धारणा, बैठक भोलि फेरि बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ । दिउँसो १ बजे सुरु हुने भनिएको बैठक केही ढिलो गरी प्रारम्भ भएको हो ।

आजको बैठकमा १५ जना केन्द्रीय सदस्य र आमन्त्रित नेताहरूले धारणा राखेका छन् । धारणा राख्नेहरूमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि।क।, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली तथा प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) रहेका छन् ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टीले नियमित महाधिवेशनमै जानुपर्ने मत राखेका छन् । प्रवक्ता प्रकाशशरण महतका अनुसार, उनीहरूले आसन्न निर्वाचनअघि महाधिवेशन सम्भव नहुने र त्यसका लागि संस्थागत तयारी आवश्यक पर्ने धारणा प्रस्तुत गरेका हुन् ।

महतले बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने जानकारी दिएका छन् । यसअघि असोज २८ गतेदेखि सुरु भएको बैठक सभापति शेरबहादुर देउवाको स्वास्थ्य कारणले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सञ्चालन भइरहेको छ ।

तिहार र छठ पर्वका कारण केही दिन स्थगित भएको बैठक कात्तिक १ गते अन्तिम पटक बसेको थियो । सो बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी आजको बैठक बोलाएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १३, बिहीबार १३:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP