मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

2K
SHARES
दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई तत्काल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

बिहीबार प्राधिकरणले जारी गरेको विज्ञप्तिमा फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न भनिएको छ । यसअघि नै सरकारले नेपालमा सञ्चालनमा रहेका वा सञ्चालनको तयारीमा रहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ता गर्नुपर्ने नियम लागू गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/१९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने निर्णयअनुसार जानकारी गराइएको छ ।”

यसअघि मन्त्रालयले सामाजिक सञ्जाललाई सात दिनभित्र दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । तर, तोकिएको समयमा धेरै सामाजिक सञ्जालले दर्ता प्रक्रिया पूरा नगरेपछि सरकारले यसलाई कडाइका साथ लागू गर्ने कदम चालेको हो ।

सञ्चार प्रविधि क्षेत्रमा दर्ता प्रणालीलाई अनिवार्य बनाएपछि अब नेपालमा सेवा दिन इच्छुक सामाजिक सञ्जालले आधिकारिक रूपमा दर्ता हुनुपर्नेछ । दर्ता नगरी सञ्चालनमा आउने प्लेटफर्महरूलाई प्राधिकरणमार्फत इन्टरनेट प्रदायकहरूले बन्द गर्नुपर्नेछ ।

यस निर्णयलाई सरकारले सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने प्रयासको रूपमा हेरेको छ। तर, प्रयोगकर्ताहरूबीच भने यसले अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्ने र प्रविधि पहुँचमा अवरोध पुर्‍याउने बहस सुरु भएको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १९, बिहीबार १२:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP