मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशी बाढीप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न आग्रह

247
SHARES
भोटेकोशी बाढीप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

बाढीका कारण भएको क्षतिको खबरले आफू अत्यन्त दुःखी भएको जनाउँदै राष्ट्रपति पौडेलले विपद्को यस घडीमा उद्धार तथा राहतका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन् ।

उनले सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकायलगायत सबै सरोकारवाला निकायलाई समन्वय गर्दै उद्धार र राहत कार्यमा तीव्रता दिन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गर्दै आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेका छन् । साथै, विपद्को समयमा आपसी समन्वय र सहयोगका साथ जुट्न उनले आम नागरिकलाई आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १०, बुधबार ०७:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP