मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने

2K
SHARES
आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । महाराजगन्ज वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रहरूमा आवश्यक प्राविधिक कार्य गर्न लागिएकाले बिजुली कटौती गर्नुपरेको प्राधिकरणले स्पष्ट पारेको छ ।

काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शीतल निवास क्षेत्रको वितरण प्रणालीलाई भूमिगत बनाउने कार्य भइरहेको छ । उक्त कार्य सम्पन्न भइसकेपछि केबलमा आवश्यक उपकरण जडान गर्नुपर्ने भएकाले आज केही घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाइएको हो ।

प्राधिकरणका अनुसार पानीपोखरी फिडर अन्तर्गत पर्ने साङ्ग्रिला होटल अगाडिको क्षेत्र, लाजिम्पाट, पानीपोखरी आसपास, महाराजगन्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल वरपरका क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली बन्द हुनेछ ।

त्यसैगरी राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९ऋक्ष्द्य० र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रहरूमा पनि सोही समयमा विद्युत् कटौती हुनेछ । बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका बासिन्दाले समेत आज केही समय विद्युत् सेवा अवरुद्धको सामना गर्नुपर्नेछ ।

प्राधिकरणले निर्धारित कार्य समयभन्दा अगाडि नै सम्पन्न भएमा तोकिएको समयभन्दा पहिले नै विद्युत् आपूर्ति पुनः सुचारु हुन सक्ने जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ३, शनिबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP