मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यून चापीय रेखाको प्रभाव: पहाडी क्षेत्रमा वर्षा, तराईमा आंशिक बदली

377
SHARES
पश्चिमी न्यून चापीय रेखाको प्रभाव: पहाडी क्षेत्रमा वर्षा, तराईमा आंशिक बदली

काठमाडौं । देशमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको संयुक्त प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण गण्डकी, लुम्बिनी, कर्णालीसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली देखिएको छ भने तराईका धेरै स्थानमा आंशिक बदली रहेको छ ।

हाल लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई क्षेत्रमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने सम्भावना छ । तराईका अधिकांश क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा देशका पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

आज राति पनि कोशी प्रदेश तथा देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने मधेससहित अन्य तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । साथै मधेस प्रदेशका केही भूभाग र हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्हरूले चट्याङ, वर्षा र सम्भावित मौसमीय जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २९, शुक्रबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP