मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सेना दिवसको परेडमा अमेरिकी सेनाको सहभागिताप्रति माओवादीको आपत्ति

1.1K
SHARES
सेना दिवसको परेडमा अमेरिकी सेनाको सहभागिताप्रति माओवादीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित परेडमा अमेरिकी सेनालाई सहभागी गराइएको विषयप्रति आपत्ति जनाएको छ ।

पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना विदेशी सेनालाई परेडमा सहभागी गराउनु राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथि गम्भीर हस्तक्षेप भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा यस विषयमा राज्यको आधिकारिक धारणा छिट्टै सार्वजनिक गर्न माग गरिएको छ ।

माओवादीले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको संरक्षण सम्पूर्ण नेपाली जनताको साझा दायित्व भएको पनि जनाएको छ ।

विवादबारे भने नेपाली सेनाले विदेशी सेनाको प्रस्तुति सैनिक कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको परम्परागत अभ्यासअन्तर्गत भएको स्पष्टीकरण दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ४, सोमबार १२:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP