मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

1.7K
SHARES
आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । यसका कारण देशका विभिन्न भू-भागमा मौसममा परिवर्तन देखिएको छ ।

कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागहरूमा साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज कोशी र मधेस प्रदेशसहित देशका अधिकांश पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने सम्भावना छ । कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ । साथै, कोशी प्रदेशको तराई क्षेत्र र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

सावधानी अपनाउन सम्बन्धित क्षेत्रका नागरिकलाई आग्रह गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १८, बुधबार ००:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP