मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बीपी राजमार्गमा बस दुर्घटना: ८ जनाको मृत्यु, १६ घाइते

273
SHARES
बीपी राजमार्गमा बस दुर्घटना: ८ जनाको मृत्यु, १६ घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ बुच्चाकोटस्थित बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको सुगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेपछि दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसमा २४ जना सवार थिए । दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने मृतकहरूको पहिचान खुलाउने तथा थप विवरण संकलन गर्ने कार्य जारी रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २९, शुक्रबार १०:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP