मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एएफसी एसियन कप छनोट: श्रीलंकाविरुद्ध नेपाल ८-० ले विजयी, साम्बाकाे ह्याट्रिक

1.8K
SHARES
एएफसी एसियन कप छनोट: श्रीलंकाविरुद्ध नेपाल ८-० ले विजयी, साम्बाकाे ह्याट्रिक

काठमाडाैं । नेपालले एएफसी एसियन कप छनाैट अन्तर्गत श्रीलंकामाथि शानदार जित निकालेकाे छ ।

उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८—० गोलअन्तरले पराजित गर्यो ।

नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् ।

गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गर्यो । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताको यसअघिको खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको थियो ।

अब नेपालले शनिबार उज्जेविकस्तानसँग खेल्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १८, बुधबार १४:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP