मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध, अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह

3.3K
SHARES
अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध, अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरोध हटाएर पुनः सञ्चालनमा ल्याउन समय लाग्ने भएकाले पूर्वतर्फ जाने सवारीसाधनहरू भकुन्डेमा रोकिएका छन् ।

चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्ती क्षेत्रमा पहिरो खसेका छन् भने नार्के, पिन्थलीबेसी र विरुवाडाँडा लगायतका ठाउँमा लेदो जमेर सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो हटाउने क्रममा माथिबाट पुनः पहिरो खसेपछि काम रोकिएको छ । लगातारको वर्षाले थप जोखिम बढेपछि अहिले पहिरो पन्छाउने कार्य स्थगित गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने बताउँदै यात्रु तथा चालकहरूलाई सुरक्षित यात्राका लागि राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १४, शुक्रबार ०२:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP