मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विरोधबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

949
SHARES
विरोधबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट विपक्षी दलहरूको विरोधकैबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक बहुमतले स्वीकृत भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन् ।

विधेयकमाथि छलफलका क्रममा संशोधन प्रस्ताव दर्ता गरेका रास्वपा सांसद लिमा अधिकारी र गणेश कार्कीले आफ्ना संशोधन प्रस्ताव फिर्ता लिएका थिए । विपक्षी दलका सांसदहरू भने विरोध जारी राख्दै छलफलमा सहभागी भएनन् ।

अर्थमन्त्री वाग्लेले संशोधनकर्ताहरूले उठाएका केही महत्त्वपूर्ण विषय सरकारद्वारा स्वीकार गरिएको जानकारी सदनलाई गराएका थिए ।

उता विपक्षी सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै बैठकभर नाराबाजी गरेका थिए । प्रधानमन्त्री संसद्‌मा उपस्थित नभएको विषयलाई लिएर विपक्षीहरूले लगातार विरोध जनाउँदै आएका छन् ।

बैठकपछि सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते मंगलबार बिहान ११ः०० बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ७, बिहीबार १२:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP