मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मतदाता शिक्षा कार्यक्रम सुरु, बदर मत घटाउने आयोगको लक्ष्य

624
SHARES
देशभर मतदाता शिक्षा कार्यक्रम सुरु, बदर मत घटाउने आयोगको लक्ष्य

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार ७५३ वटै स्थानीय तहमा मतदाता शिक्षा अभियान सञ्चालनमा आएको हो ।

उनका अनुसार प्रत्येक वडामा एक–एक जनाको दरले मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ । स्वयंसेवकहरूले मतदान प्रक्रिया सम्बन्धी अन्योल हटाउने, मतदातालाई सही तरिकाले मतदान गर्न अभिमुखीकरण गर्ने तथा बदर मत घटाउन सहयोग गर्नेछन् । कार्यक्रम स्वयंसेवकमार्फत प्रत्यक्ष रूपमा सञ्चालन भइरहेको आयोगले जनाएको छ ।

मतदाता शिक्षा अभियानलाई प्रभावकारी बनाउन सामाजिक सञ्जालमार्फत पनि जनचेतनामूलक सामग्री प्रचारप्रसार भइरहेको छ । आयोगले यस अभियानमार्फत मतदान प्रतिशत बढाउने र बदर मतको दर घटाउने लक्ष्य लिएको जनाएको छ ।

भण्डारीका अनुसार यसपटक ठूलो संख्यामा नयाँ मतदाता नामावलीमा समावेश भएका छन्, जसमा युवाको संख्या उल्लेख्य छ । युवा मतदाता सचेत भएकाले मतदान सहभागिता बढ्ने र बदर मत घट्ने आयोगको अनुमान रहेको उनले बताए । साथै, कार्यक्रमको प्रभावकारिताको अनुगमन पनि गरिने जानकारी दिइएको छ ।

मतदाता शिक्षा कार्यक्रमअन्तर्गत देशभरका नगरपालिका तथा गाउँपालिकाका ६ हजार ७४३ वडामा सोमबारदेखि स्वयंसेवक परिचालन गरिएको हो । उनीहरूले फागुन १७ गतेसम्म अभियान सञ्चालन गर्नेछन् ।

पछिल्ला तीन निर्वाचनका तथ्यांकले बदर मतको प्रतिशत क्रमशः बढ्दै गएको देखाएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा ७८.३४ प्रतिशत मतदान हुँदा ४.९६ प्रतिशत मत बदर भएको थियो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ६८.६७ प्रतिशत मतदान भई ५.१६ प्रतिशत मत बदर भएको थियो भने २०७९ सालमा ६१.६३ प्रतिशत मतदान हुँदा ५.१९ प्रतिशत मत बदर भएको तथ्यांक छ ।

यसपटक डिजिटल माध्यमबाट समेत मतदाता शिक्षा विस्तार गरिएकाले बदर मत घट्ने विश्वास आयोगले व्यक्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ३, आईतवार ११:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP