मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

“राजनीति र कम्युनिस्ट आन्दोलन दिग्भ्रमित” : विप्लव

1.2K
SHARES
“राजनीति र कम्युनिस्ट आन्दोलन दिग्भ्रमित” : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको राजनीति र कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको टिप्पणी गरेका छन् ।

बुटवलमा बिहीबार शहीद बेपत्ता स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रियामा उनले राजनीतिक ध्रुवीकरण र असमञ्जसले जनतामा निराशा बढाएको बताए ।

चन्दका अनुसार नेपाली जनता विश्वास, एकता र आकाङ्क्षा प्रतिनिधित्व गर्ने वैकल्पिक शक्ति खोजिरहेका छन् । उनले आफूहरूले अघि सारेको बहस कुनै व्यक्ति वा समूह केन्द्रित नभई समग्र जनताको हितका लागि भएको दाबी गरे ।

विप्लवले अहिले ठूला–सानो सबै पार्टी आन्तरिक विवादले ग्रस्त रहेको टिप्पणी गरे । “कम्तीमा दुई जना कार्यकर्ता मुक्कामुक्की नगरेको दल छैन,” उनले व्यंग्य गर्दै भने, “यो समस्या केवल पार्टीभित्रको होइन, समाजकै सङ्कटको प्रतिविम्ब हो ।”

उनले पुराना कानुन, सीमित व्यक्तिहरूको नियन्त्रणमा परेको अर्थतन्त्र, बढ्दो भ्रष्टाचारलाई वर्तमान संकटको मूल कारण बताए । गणतन्त्र स्थापित भए पनि त्यसले जनतालाई प्रत्यक्ष लाभ दिन नसकेको भन्दै उनले असन्तुष्टि स्वाभाविक भएको टिप्पणी गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १२, बिहीबार १०:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP